विचार

रविको कार्यक्रम र महिला बस

नन्दराज उपाध्याय 

सर्व मङ्गल मङ्गल्ये शिवे सर्वांथ साधिके त्र यम्बके  गौरि नारायणि नमोस्तुते

हे नारायणी तिमी सबै प्रकारका मंगल प्रदान गर्नेवाली मंगलमयी हौ। कल्याण दायिनी शिवा हौ। सबै पुरुषले गर्ने कामलाई सिद्ध गर्न सक्ने शक्तिमान हौ। तिम्रा तिन नेत्रछन् । तिमीलाई नमस्कार छ !

आखिर माथिको श्लोकले मा दुर्गालाई हामी सबैको जननी ठानिएको छ। तर स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले  हाम्री आमालाई निरह ठाने। पुराणले सर्वगुणी र सर्वश्रेष्ठ ठानिएकी मातालाई एक्काइशौ शताब्दिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले अर्थहिन (आर्थिक कमजोर) राजनीतिको पराका‌ष्ठाले समाजवादमा महिलाको स्थानलाई पूनः कमजोर दर्जामा राख्नु भनेको कुतै अपरिपक्व राजनीतिकको झल्को  त होइन ?

यदी होइन महिलामाथि दया है गरेको हो भने, आजसम्म दयाका पात्र लामिछाने कुन कुनामा थिए ? आखिर हाम्रो पुराणले पुरुषभन्दा महिलालाई सर्वशक्तिमान ठानेको छ। के  यो हेक्का छैन लामिछाने लाई? किनकि हजारौँ वर्षदेखि हाम्री आमाहरुका पतिले दुर्गा कवच सुनाए । तर व्यवाहारमा महिलालाई चुलो चौकोमा मात्र सिमित गरे । यसको विरोधमा थुप्रै महिला क्रान्तिहरु पुरुषसँगको सहयोगमा विश्वभर सफल भए। जसको परिणाम महिलाहरू पुरुषभन्दा कुनै काममा पनि लेस मात्रामा कमि ठहर भएनन् । तर नेपालमा अँझैसम्म पनि  महिलालाई कमजोर ठानेर  संविधानमा विभिन्न महिला आरक्षण कोटा धमाधम खोलिँदै आएका छन्। त्यसपछि त हामी खुस जनता खुस र महिला खुस तर कहिलेपनि नागरिकले यो सोचेनौ कतै महिलालाई पुरुषभन्दा कमजोर बनाइ‌एको त होइन?  सर्वशक्तिमान, अम्विका मातालाई अपमान त गरेका छैनौ रु सम्झौ, जानौ बुझौँ  र महिलालाई पुलषसरह अब्बल बनाउँ भन्ने चेत कहिले पलाउँछ हामीलाइ त्यो पनि थाहा छैन।

अब म यो आलेखालाई विषयवस्तु तिर मोड्दछु चितवलाई राजनीति केन्द्रविन्दुको स्थान भनेर संधै भर राष्ट्रिय चर्चा हुन्छ। यो पटकपनि खुबै चर्चा भयो । पत्रकारिता क्षेत्रवाट उदाएका रवि लामिछाने चितवन २ मा जनताका मसिया बने  र एक पटक होइन, दुई–दुई पटुक चुनाव जिते । सायद नेपालको इतिहासमा छोटो समयमा विजय पश्चात विवादित  भइकन पनि अर्को विजयको माला पहिरिनु भनेको यो बिरलै घटना हो । पुराना पार्टीबाट आजित भएका र वितृष्णाका कारण  नागरिकले नयाँ दलको नयाँ विचार र  नयाँ दलका लोकप्रियवादमा रमाउने रवाफका रविलाई जिताए । मान्छु नागरिकले गरेको स्टिक निर्णय स्वभाविक हो। तर नागरिकको निणयलाई यति हल्का लोकप्रियतामा रविले रूपान्तरण गर्लान  भन्ने म जस्तो सोचमा निम्छरो नागरिकलाई लागेकै थिएन। जसले गर्दा म आश्चार्य चकित भएर यो लेख लेख्न पुगेँ ।

आखिर त्यस्तो आश्चार्य के हो त? 

स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले १०० दिनको निर्वाचित अवसरको मौका छोपेर चितवन  २ का महिलालाई निलो बस खरिद गरे । त्यो पनि महिलालाई निशुल्क हुनेगरी । तर त्यहाँका पुरुष मतदाता सौतेला साबित भए ।

विकास गर्नेु त्यसको  नीति निमार्ण गर्नु एक राजनेताको  कर्तव्य हो । तर एक्काइसौ शताब्दिको पूर्ण कानूनी समाजवादमा सस्तो लोकप्रियताको लागि पुरुष फोविया देखिनु, स्वयम् समाजवादको समतापूर्ण शासनमा ध्रुविकरण निम्त्याउनु हो । मैले  चितवनका दिदी बहिनी महिलाहरुलाई अपमान गर्न खोजेको होइन अन्य अर्थ नलागोस् । तपार्इंहरु पनि त रवि लामिछाने जिको दिदी बहिनीहरु हो ।तर विकासवादको नाममा  लैङ्गिक  विभेद गरेर जाबो एक बसमात्र खरिद गर्नु भनेको चितवन २ को आँखामा रवि दाई  हाई हाई मात्र हो ।

हो पाइन्छ आफ्नो नेतालाई हाइ हाइ पनि गर्न अधिकार छ । किनकि एक समयमा भियतनाममा होचिमिन्हा लाई काका भनिन्थ्यो, भारतका जवाहरलाल नेहरुलाई चाचा भनिन्थ्यो नेपालमै केपी वा आइ लभ यु र गिरिजा दाई, शेरबहादुर दाई गगन दाई आदि सबैलाई  यस्तो सम्मान  कार्यकर्ताले दिएकै छन्। सभापति रविले पनि पाउनु भयो । तर राजनीति संस्कारनै  राम्रो सँग नबसेको हाम्रो समाजमा सस्तो वितण्डा युक्त लोकप्रियताले राष्ट्रको लोकतान्त्रिक पद्धति बिगार्छकि भन्ने आज मलाई डर लागेको छ।

के महिलाको लागि मात्र निलो बसको  भिजन तयार पार्नु रास्वपाको समाजवाद  हो ?

हो कसैले कसैको लागि समाज र कानुनलाइ पाच्यहुने गरी उपहार दिनु असल मनसाययुक्त चरित्र हुन्छ। तर एउटा राजनेताले राष्ट्र परिवर्तन गर्न रामोसँग स्पष्ट खाका तयार नपारी मात्र एउटा बस सौगात दिएर आफ्ना महिला मतदातालाई चित्त बुझाउन खोज्नु सम्पूर्ण विकास होइन । मेरो  व्यक्तिगत विचारमा लाग्छ  मतदाताको हाइहाइ  पाउनको लागि मात्र रास्वपाको समाजवादले यस्तो लोकप्रियता लाइ प्रोत्साहन दिँदैन होला । यसलाई समाजवाद होइन उन्माद भनिन्छ । अर्को भाषामा आत्मामुग्दता पनि हो। पुरानो दलले जस्तै नयाँले पनि नागरिकलाई भ्रम फिजाउने जालो हो ।

म  सभापति रवि लामिछाने ज्युलाई प्रश्न गर्न चाहन्छु के यस्तै सस्तो उपाहार प्रदान गर्नु रास्वपाको समाजवाद हो ? यो जवाफ तत्काल नागरिकको कठघरामा माननीय ज्यू दिनै पर्छ।  होइन भने हामी नागरिकहरु बेलैमा सचेत नभए  डोनाल्ड ट्रमको  लोकप्रियता   जस्तै हजुरको लोकप्रियता युक्त राजनीतिक भ्रमको खेतीमा डुब्छौँ कि ?

त्यसो भए अब बाँकी आशा कोबाट गर्ने त ?

एकचोटी लि क्वान यु भन्दा पूर्व शाषकले सिंगापुरमा विकास गर्छौ भनेर खुब झुक्याय सस्तो लोकप्रियताको बाढी नै आयो। जब हरेक पटक नागरिकले धोका खाए,तब नागरिकले आफूलाई परेको पड़तानाबाट शिक्षा लिए, नागरिक सचेत भए बल्ल लि क्वान यु की उदय भयो। त्यसैले  हामी नागरिक कसैबाट नठगिउँ  जाबो एउटा सवारी साधनमा सबै महिलालाई यात्रा गर्न सहज हुँदैन  बेलैमा वुद्धि र विवेकको प्रयोग गरौँ । त्यस्तै  केही बर्ष अगाडि चिनमा जाँदा युवा नेता महेश बस्नेतलाई कपडा किन्दिएको हाम्रो नेताले भनेर त्यो गुन बस्नेतले अहिलेसम्म बिर्षका छैनन् रे।

लैङ्गिक समानता कानुनी शासनमा समाजवाद भित्रको अभिन्न अङ्ग मानिन्छ । समाजवादको भिजन नभइ‌ खालि कपडा किन्दिए , लाखौं जनतालाइ यात्रा गर्ने एक बस किने भनेर मख्ख नपरी यदी आफ्नो ब्रम्हलाइ आशा  कसैबाट लाग्दैन उनीहरु माथि शंका छ भने, आफूले राजनीति संस्कारको विकास गरौँ तब मात्र लि क्वान यु जस्ता नेता जन्माउन सक्छौँ । आफ्नो लागि होइन, पुरै राष्ट्रको लागि सोचौँ, अनि पो हुन्छ   नेपाल राष्ट्रको समृद्ध !

अन्यमा, 

जति आन्दोलन भए पनि नागरिक सन्तुष्ट भएनौँ।  इतिहास कोट्याएर हेर्ने हो भने राजनीतिक विकल्पको लागि नागरिक ले धेरै बलिदानी दिए। राणा शासन अन्त्यको लागि प्रजापरिषद गठन  भयो धेरैले रगत बगाए ।तर पनि नागरिकलाइ उपयुक्त  सन्तुष्ट विकल्प हुन  सकेन, त्यसको विकल्प  फेरि कांग्रेस आयो, कांग्रेसको विकल्प कम्युनिष्ट, माले, एमाले, माओवादी, विवेकशिल साझा पाटी हुँदै अहिलेको रास्वपा । आखिर हामि नागरिक कहिलेसम्म फेलियर दलको आशा गर्छौँ ? त्यसैले  यसको एकमात्र ९९.९९ प्रतिशत विकल्प हो, नागरिक चेतना उच्च हुनु।

जुन देशमा नागरिक चेतता उच्च हुन्छ । त्यहाँमात्र विधिको शासन पूर्ण लागू हुन्छ ।

(यो लेखककाे नितान्त व्यक्तिगत विचार हो । )

विचार